ट्र्याक्टरले किच्दा बालकको मृत्यु

भोजपुर | साउन ६, २०७९

ट्र्याक्टरले किच्दा बालकको मृत्यु

 

भोजपुर:    भोजपुर नगरपालिका–१२ छचौतारामा ट्र्याक्टरले किच्दा बालकको ज्यान गएको छ । बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे१त ७४४४ नंको ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले जानकारी दिनुभयो । ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुुसन्धान थालेको उहाँले बताउनुभयो । बालकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्